कोष तथा लेखा नियन्त्रक कार्यालय, दोलखाले जिल्ला स्थित संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका सबै सरकारी कार्यालयहरूलाई ती कार्यालयहरूको स्वीकृत बजेट बमोजिम सञ्चित कोषबाट रकम निकासा दिने, आन्तरिक लेखा परीक्षण गर्ने तथा जिल्लाको विनियोजन, राजश्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोषहरू सञ्चालनका साथै आर्थिक विषयमा प्रत्यायोजित अन्य कार्यहरू समेत सम्पादन गर्ने गरिरहेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७४(१) ले कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लागत एकीकृत वित्तीय विवरण तयार गरी सोको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्ने व्यवस्था गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा भएको कानूनी व्यवस्था, महालेखा नियन्त्रक कार्यालयले वित्तीय विवरण तयारी सम्बन्धमा दिएको निर्देशन तथा कार्यालयले सम्पादन गरेका कार्यहरूको विवरण समेत समावेश गरी आर्थिक वर्ष २०८१/८२ को यो जिल्लागत एकीकृत वित्तीय विवरण तयार गरिएको छ ।
यस प्रतिवेदनमा जिल्लाको समग्र वित्तीय व्यवस्थापनका लागि प्रयोगमा रहेका FMIS, TSA, CGAS, SUTRA, PAMS र RMIS प्रणालीबाट तयार भएका वित्तीय विवरणहरू समावेश गरिएको छ । जिल्लामा भएको आर्थिक कारोवारलार्इ राजस्व, विनियोजन, धरौटी, कार्यसञ्चालन कोष र अन्य कोषहरू गरी समूहिकृत गरिएको छ । यसका साथै कोलेनिकालार्इ अतिरिक्त जिम्मेवारीका रूपमा राष्ट्रिय किताबखाना (निजामती) र निवृत्तिभरण व्यवस्थापन कार्यालबाट प्रत्यायोजित भएबमोजिमको नेपाल सरकारका सार्वजनिक सेवाबाट निवृत्त निवृत्तिभरकहरूलार्इ जिल्लास्तरबाट प्रदान गरिएको सेवा सम्बन्धी विवरण समेत यस प्रतिवेदनमा समावेश गरिएको छ ।